Temple Construction
Jiri Temple Construction
शिलान्यास कार्यक्रम
विश्व शान्तिदूत बुद्धको २५७० औं जन्म जयन्तीको पावन अवसरमा मानव जातिको शारीरिक, मानसिक, बौद्धिक, आध्यात्मिक विकास गरी सद्गुण तथा सदाचारयुक्त जीवन व्यतित गर्न भौतिक एवं आध्यात्मिक समाज निर्माणका लागि जे.टी.एस. पूर्व प्रशिक्षार्थी, कर्मचारी, स्थानीय संघ–संस्था, समाजसेवी व्यक्तित्वहरु र ताओ एसोसियसन अफ नेपालको सामूहिक अग्रसरतामा जिरी न.पा. ५, दोलखामा निर्माण हुने बहुउद्देश्यीय सामुदायिक आवासीय ताओ भवनको शिलान्यास कार्यक्रम तपशिल अनुसार तय गरिएको हुँदा उक्त समारोहमा यहाँको गरिमामय उपस्थितिका लागि विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछौं।
तपशिल:
मिति: २०८३, बैशाख १८ गते, शुक्रवार
बुद्ध भगवानको मूर्ति अनावरण: बिहान ९ बजे
नगर परिक्रमा यात्रा प्रस्थान: ९:१५ बजे
भवन शिलान्यास कार्यक्रम: बिहान १० देखि १ बजे सम्म
निर बहादुर जिरेल
(कार्यक्रम संयोजक)
मोबाइल नं.: ९८५१०००५४६
आनन्द दाहाल (ताओ गुरु)
मोबाइल नं.: ९८४६०३३२९८
सहयोगको लागि विनम्र अनुरोध
उक्त बहुउद्देश्यीय सामुदायिक आवासीय ताओ भवन (मन्दिर) निर्माण कार्य सफलतापूर्वक सम्पन्न गर्न आर्थिक तथा भौतिक सहयोगको अत्यन्त आवश्यकता रहेको छ। यस पुण्य कार्यमा यहाँज्यूबाट यथाशक्ति दान, सहयोग तथा सद्भाव प्रदान गरी धार्मिक, सामाजिक तथा आध्यात्मिक कार्यमा योगदान दिनुहुन विनम्र अनुरोध गर्दछौं। यहाँज्यूको सानो सहयोगले पनि समाज निर्माणमा ठूलो टेवा पुग्ने विश्वास लिएका छौं।